अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत विषयको पठनपाठन « Khabarhub

अङ्ग्रेजी बोर्डिङ स्कुलमा संस्कृत विषयको पठनपाठन


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सामुदायियक स्कुलहरुबीच नै अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको वेला कैलालीको धनगढीस्थित एक निजी ‘बोर्डिङ स्कुल‘ले प्राचीन भाषा संस्कृत विषयको पठनपाठन शुरु गरेको छ ।

धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेको हो । संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयका संस्थापक अध्यक्ष मोहनराज शर्माले बताए ।

विद्यालयको संस्कृत विषयका शिक्षक खगेन्द्र अवस्थी संस्कृतलाई देव भाषाका रुपमा लिइने भएकोले यसको ज्ञान प्राप्तिबाट नै मानवको व्यवहार, रस र ज्ञान प्राप्ति हुने बताउँछन् ।

संस्कृतको महत्व दर्शाउँदै अवस्थी भन्छन्–
भाषायां जननी यस्स,संस्कृतम् नाम केवलम् ।
जन्म मृत्यु यथाकर्म,पवित्रम् सर्वसाधनम् ।।

अर्थात् संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा हो, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्दछ ।

विद्यालयको ५, ६ र ७ कक्षामा गरी झण्डै १०० छात्रछात्राले संस्कृत विषय अध्ययन गर्न थालेका छन् । अभिभावक र समाजबाट सकारात्मक प्रतिक्रिया आएमा आगामी दिनमा माथिल्लो कक्षामासमेत संस्कृत विषयको अध्ययन शुरु गर्ने योजना रहेको विद्यालयका संयोजक तपराज विनाडीले बताए ।

संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ । विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको संस्थापक अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  २ : १० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी