सागमा पूर्वाधारको अभाव हुँदैन : मन्त्री विश्वकर्मा « Khabarhub

सागमा पूर्वाधारको अभाव हुँदैन : मन्त्री विश्वकर्मा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पूर्वाधारको अभाव नहुने बताएका छन् ।

पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा मंगलबारदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उनले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पारे ।

मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गरे ।

सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका अखिल नेपाल फूटबल सङ्घ (एन्फा) उपाध्यक्ष कृष्ण थापालगायतका राष्ट्रिय खेलाडी उत्पादन गरेको चर्चा गर्दै नियमितरूपमा प्रतियोगिता गरेर क्लबले देशको खेल क्षेत्रको विकासमा योगदान गरेको बताए ।

गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले खेलकूदका पूर्वाधार निर्माणमा प्रदेश सरकारले योजना बनाएको बताउँदै चालू वर्षमा एक पालिका एक खेलमैदान निर्माण गरिने स्पष्ट पारे ।

यही भदौ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित रु एक लाख २१ हजार १११, उपविजेताले रु ७१ हजार १११ तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु १०/१० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

त्यसैगरी उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई समेत रु तीन हजारका दरले पुरस्कृत गरिने क्लबले जनाएको छ । जिल्लास्तरीय सो प्रतियोगितामा ३४ टोलीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ३० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त