केन्द्रीय बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने « Khabarhub

केन्द्रीय बैंकले डेढ अर्ब बराबरको रकम मुद्दति निक्षेपमा राख्ने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ९२ लाख मुद्दति निक्षेपमा राख्न दिने भएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने सर्त राखेको छ ।

यस्तै निकटतम आर्थिक वर्षमा सञ्चालन मुनाफा कमाएको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी भएको, लगानी गर्ने संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत कारवाही नपरेको वा समस्याग्रस्त घोषणा भएको हुनु नहुने उल्लेख छ ।

केन्द्रीय बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकममा दिने व्याजदरसमेत उल्लेख गरी यही भदौ १९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति