महिला संघ डडेल्धुराकी अध्यक्षलाई हटाउने निर्णय फिर्ता लिन नेता कोइरालाको आग्रह « Khabarhub

महिला संघ डडेल्धुराकी अध्यक्षलाई हटाउने निर्णय फिर्ता लिन नेता कोइरालाको आग्रह


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले महिला संघ डडेल्धुराकी सभापतिलाई विनाकारण हटाउने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय समिती बैठकमा बोल्दै डा कोईरालाले स्पस्टीकरण समेत नसोधी अधिवेशन गर्न नसकेको भन्दै हटाएर पार्टी भित्र गलत नजिर बसाउन खोजेको बताए ।

‘केन्द्रीय अधिवेशन गर्न नसक्ने कतिजना सभापतीहरु छन् ? त्यसो भए तिनलाई चाहिँ किन नहटाएको ?’ डा कोईरालाले भने– ‘सभापतिज्यू तुरुन्तै महिला संघकी केन्द्रीय अध्यक्षलाई डडेल्धुरा अध्यक्ष माथिको कारबाही फुकुवा गर्न आदेश दिनोस्।’

डडेल्धुरा महिला संघको घटनाले देशभरका कार्यकर्तामा निरासा छाएको बताउँदै डा कोईरालाले विधि, विधान र पद्दतिबाट पार्टी नेतृत्व नहिंडेकै कारण पार्टी कमजोर हुँदै गएको बताए।

विनाकारण डडेल्धुरा महिला संघकी अध्यक्षलाई हटाउने निर्णय कुनै पनि हालतमा मान्न नसकिने जिकिर पनि डा कोइरालाले गरे।

महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले विनाकारण डडेल्धुराकी अध्यक्ष कमला बिष्टलाई साधारण सदस्य पनि नरहने गरी हटाएकी थिइन्।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ११ : २० बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर