नगर बसमा ‘महिला’ कन्डक्टर « Khabarhub

नगर बसमा ‘महिला’ कन्डक्टर


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।

मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणाले भने, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।”

उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो ।

प्रमुख राणाले भने “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि