दशैंमा यसरी बनाउनुहोस् स्वादिस्ट दही आलुको परिकार « Khabarhub

दशैंमा यसरी बनाउनुहोस् स्वादिस्ट दही आलुको परिकार


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने परिकार आलु हो ।

दशैंमा धेरै मानिसहरु मासुजन्य परिकारको बढी उपभोग गर्ने गर्छन् । मासु धेरै खाँदा पनि फाइदा पुग्दैन त्यसैले तपाईले तरकारी र सागपातमा पनि जोड दिन आवश्यक हुन्छ ।

आज हामी तपाईलाई दशैंको समयमा आलुको परिकार बनाउने तरिका प्रस्तुत गछौं जसले गर्दा तपाईले आलुबाट बनेको परिकारको स्वाद लिन सक्नु हुने छ । आलुको परिकारमा पनि आज हामी दही आलुको परिकार बनाउने बारे जानकारी दिन्छौं ।

त्यसका लागि आवश्यक सामाग्रीको जोहो गर्नुहोस् र दही आलुको परिकार बनाएर आफू पनि खानुहोस् र अरुलाई पनि खुवाउनुहोस् । परिवारसँग बसेर खाएर दशैंलाई शानदार बनाउनुहोस् ।

दही आलुको परिकार बनाउनका लागि आवश्यक सामाग्री

तेल दुई चम्चा, उमालेको आलु ३५० ग्राम, सर्स्युको तेल एक चम्चा, सर्स्युका दना एक चम्चा, हिंग सानो चम्चाको एक चौथाइ, जीरा एक चम्चा, धनियाँ एक चम्चा, बेसार, आवश्यकता अनुसार, नुन, आवश्यकता अनुसार, रातो खुर्सानी, आवश्यकता अनुसार, दही २७० ग्राम ।

यति सामानको जोहो गरेपछि तपाई दही आलु बनाउन सुरु गर्न सक्नु हुनेछ ।

त्यसका लागि तपाईले एक ओभानो भाँडोलाई ग्यास वा आगोमा बसाल्नु होस् ।

उक्त भाँडोमा दुई चम्चा तेल राख्नुहोस् । तेर खारिएपछि बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुस् ।
त्यस्तै अर्को एक भाँडामा सर्स्युको तेल, दाना र जीरा हालेर भुट्नुस् ।

अब त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुस् । अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुस् ।

यो पाकेपछि त्यसमा आलु हालेर दुई मिनेट पकाउनुस् ।

दुई मिनेट पकाएपछि त्यो खानका लागि तयार भयो । अब त्यसमा केही धनियाका पात राखेर मजासँग खानुहोस् र अरुलाई पनि खुवाउनुहोस् । यो परिकार मिठो लागेमा मानिसको संख्या अनुसार सामाग्रीहरु थप गरि बनाउनुहोस् र खानुहोस् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : २७ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी