मन्त्री बाँस्कोटाले भने– इज्जत खेलवाड गर्ने नै जिम्मेवार हुने हो, हामीलाई के मतलव ? « Khabarhub

मन्त्री बाँस्कोटाले भने– इज्जत खेलवाड गर्ने नै जिम्मेवार हुने हो, हामीलाई के मतलव ?


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन् । उनले व्यक्तिले गरेका गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराको नाम नलिइकन मन्त्री बाँस्कोटाले कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्ने बताए ।

नेकपा बनेपा नगर कमिटीको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रश्न गरे‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्‍यो त? त्यसबारेमा त त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ।’

‘कसैले गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यसमा उही जिम्मेवार हुने हो, हामीलाई के मतलव ?’मन्त्री बाँस्कोटाले भने ।
मन्त्री बाँस्कोटाले यस्ता घटनाहरु समाजमा भइरहने भन्दै चिन्तित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  २ : २६ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै