पहिरो खसेपछि कोशी राजमार्ग सडक खण्ड निर्माण ठप्प « Khabarhub

पहिरो खसेपछि कोशी राजमार्ग सडक खण्ड निर्माण ठप्प


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सङ्खुवासभाको उत्तरी क्षेत्रमा लगातार पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिकाको दोभान–वरुण नदी खण्डको सडक निर्माण ठप्प भएको छ ।

बैशाखको पहिलो सातायता उक्त क्षेत्रमा नियमित रुपमा पहिरो खसेपछि सडक निर्माणको काम रोकिएको हो ।

सडक निर्माणका लागि सवारीसाधन लैजान नसक्दा काम अघि बढ्न सकेको छैन । नयाँवस्ती वरुण नदी खण्डमा पर्ने झण्डै २७ किलोमिटर क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयवासी बताउँछन् ।

निर्माणका लागि लगिएका ठूला सवारीसाधन पहिरो खसेपछि दोभानमै थन्किएका छन् । सडक निर्माणको ठेक्का स्वामीनारायण आशिर्वाद जेभीले लिएको थियो । “डोजर र अन्य सवारीसाधन लैजान नसक्दा काम रोकिएको छ”, निर्माण कम्पनीका सन्तोष बस्नेतले भने, “झरी रोकिएपछि काम अघि बढ्छ ।”

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए । उत्तरी क्षेत्रका विभिन्न ठाउँसम्म साँझ पाँच बजेदेखि बिहान आठ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा छन् । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार दोभानबाट नयाँवस्तीसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा सडक भत्किएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि