पहिरो खसेपछि कोशी राजमार्ग सडक खण्ड निर्माण ठप्प | Khabarhub Khabarhub

पहिरो खसेपछि कोशी राजमार्ग सडक खण्ड निर्माण ठप्प


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी- सङ्खुवासभाको उत्तरी क्षेत्रमा लगातार पहिरो खसेपछि कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिकाको दोभान–वरुण नदी खण्डको सडक निर्माण ठप्प भएको छ ।

बैशाखको पहिलो सातायता उक्त क्षेत्रमा नियमित रुपमा पहिरो खसेपछि सडक निर्माणको काम रोकिएको हो ।

सडक निर्माणका लागि सवारीसाधन लैजान नसक्दा काम अघि बढ्न सकेको छैन । नयाँवस्ती वरुण नदी खण्डमा पर्ने झण्डै २७ किलोमिटर क्षेत्रमा पहिरो नियमित झरिरहेको स्थानीयवासी बताउँछन् ।

निर्माणका लागि लगिएका ठूला सवारीसाधन पहिरो खसेपछि दोभानमै थन्किएका छन् । सडक निर्माणको ठेक्का स्वामीनारायण आशिर्वाद जेभीले लिएको थियो । “डोजर र अन्य सवारीसाधन लैजान नसक्दा काम रोकिएको छ”, निर्माण कम्पनीका सन्तोष बस्नेतले भने, “झरी रोकिएपछि काम अघि बढ्छ ।”

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए । उत्तरी क्षेत्रका विभिन्न ठाउँसम्म साँझ पाँच बजेदेखि बिहान आठ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा छन् । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार दोभानबाट नयाँवस्तीसम्म झण्डै दुई किलोमिटर क्षेत्रमा सडक भत्किएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना

भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आइसियू) सहितको

कांग्रेसले भन्यो : माओवादी केन्द्रसँग सहकार्यको कुनै योजना छैन

काठमाडौं– नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर जाने कुनै

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखा – जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको

कांग्रेस संसदीय दलको बैठक : आगामी बजेटबारे छलफल

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२-८३ को

काठमाडौंमा ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न 

काठमाडौं– भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा काठमाडौंमा आयोजित