आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली पक्राउ « Khabarhub

आन्दोलनमा उत्रिएको आरोपमा हङकङमा दुई नेपाली पक्राउ


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङमा सरकार विरोधी आन्दोलनमा उत्रिएको आरोपमा प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । जेनी राई र रोजमेरी लिम्बूलाई प्रहरीले याउमातेइबाट पक्राउ गरेको हो ।

अध्ययनका लागि हङकङमा रहेका उनीहरुलाई पक्राउपछि हुङहोम र चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ । पक्राउ परेका उनीहरुसँग कसैलाई भेट्न नदिइ बाँधेर राखिएको छ। यस विषयमा हङकङस्थित नेपाली महावाणिज्य दूतावासलाई समेत जानकारी दिइएको छैन ।

हङकङका विश्वविद्यालयमा अध्ययनरत अन्य देशहरुका विद्यार्थीहरुलाई पनि प्रदर्शनमा उत्रिएको आशंकाकै भरमा प्रहरीले पक्राउ गर्ने र चरम यातना दिने गरेको छ ।

बेइजिङको आदेशमा तुलनात्मक स्वतन्त्रताको उपयोग गर्दै आइरहेको हङकङमा सरकारी नियन्त्रण बढाउँदै लगिएको छ । पछिल्लो समय चीनको इसारामा प्रदर्शनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने र पक्राउ परेकामाथि प्रहरीले चरम यातना दिने गरेको छ ।

हङकङमा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच पछिल्लो समय हिंसात्मक झडपहरू समेत भएका छन् । प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीले झण्डै १८ औं सातासम्म प्रदर्शन चर्काइरहेका छन् ।

केहीदिन अघि विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ०२ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको