नेपाल संवत ११४० भव्य मनाउन विभिन्न उपसमिति गठन « Khabarhub

नेपाल संवत ११४० भव्य मनाउन विभिन्न उपसमिति गठन


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ वर्ष नेपाल सम्वत् भव्य रुपमा मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा रमेश महर्जनलाई चयन गरेको छ ।

नेपाल संवत ११४० समारोह समितिको पूर्ण बैठकले सर्वसम्मतिले महर्जनलाई अध्यक्षमा चयन गरेको हो । महर्जन भूकम्पपछि सम्पदा संरक्षणका लागि गठित पिलाछेँ पुनःनिर्माण समिति ललितपुरका पनि अध्यक्ष हुन् ।

विहीबार नेसं ११३९ समारोह समितिका अध्यक्ष सत्यभामा माथेमा र सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धरले नवनियुक्त अध्यक्ष महर्जनको स्वागत गर्दै नव वर्षको खुशियालीमा आयोजना गरिने कार्यक्रमहरुको सफलताको कामना गरेका थिए ।

महर्जनको अध्यक्षता बसेको नेपाल संवत ११४० राष्ट्रिय समारोह समितिको बैठकले नव वर्ष भव्य रुपमा मनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

आर्थिक समिति, सञ्चार समिति, प्रतिनिधिमण्डल समिति, मञ्च व्यवस्थापन समिति, महिला समन्वय समिति, कालेण्डर प्रकाशन समिति, नासः पूजा व्यवस्थापन समिति, नारा समिति, क्लब समन्वय समिति, विशिष्ट जलपान कार्यक्रम समिति, साँस्कृतिक महोत्सव समन्वय समिति, स्वयंसेवक समिति, साँस्कृतिक बाजा समन्वय समिति, देशव्यापी न्हूदँ समारोह समन्वय समितिका साथै १५ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा