फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु « Khabarhub

फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा चार प्रहरी अधिकारीको मृत्यु भएको छ ।

यस्तै नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको छ ।

आक्रमणपछि पेरिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई सुरक्षा घेराबन्दी गरिएको छ । स्थानीय समय अनुसार दिउँसो करिब १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो ।

यस्तै घटनालाई पेरिसका नगरप्रमुखले ट्वीटरमार्फत पुष्टि गरेका छन् । फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री पनि घटनास्थलमा पुगेको प्रहरीले बताएको छ ।

पछिल्ला बर्षहरूमा फ्रान्समा कार्यस्थलमा सिर्जना हुने घातक आक्रमणका घटना बढेका अनुसन्धानकर्ताहरूले बताएका छन् । बिहीबारको आक्रमणमा प्रहरी मुख्यालयमा प्रशासनिक एकाइमा काम गर्ने एक कर्मचारीले चक्कू प्रहार गरेको प्रारम्भिक सूचनामा स्थानीय प्रशासनले जनाएको छ ।

यसबारे अनुसन्धान भइरहेको र थप विवरणपछि आउने प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : १० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा