झण्डै १६ लाखले छाडे काठमाडौं, टिकट नपाउनेलाई सास्ती (फोटो फिचर) « Khabarhub

झण्डै १६ लाखले छाडे काठमाडौं, टिकट नपाउनेलाई सास्ती (फोटो फिचर)


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं- दशैंको टीका नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाड्नेको संख्या दिनप्रतिदिन बढ्दो छ ।

बुधबारसम्म १२ लाख जना राजधानीबाट बाहिरिएकोमा विहीबार मात्रै झण्डै चार लाखको हाराहारीमा यात्रु बाहिरिएको प्रहरीले जनाएको छ ।

टिकट पाएकाहरु बसमा रमाउँदै राजधानी बाहिरिए पनि टिकट नपाउनेहरुको भने बिचल्ली छ । गोंगबुस्थित नयाँ बसपार्कमा टिकट पाइन्छ कि भनेर जानेहरुको भीड अझै बाक्लो छ ।

उनीहरु टिकट क्वाउन्टरबाट टिकट सकियो भन्ने खबर सुन्दा पीडाबोध गर्दै यताउता भौतारिन्छन् । कतै बसका ड्राइभर तथा सहचालकसँग पो टिकटको कुरा मिल्छ कि भनेर भौतारिनेहरु पनि यही भीडमा भेटिएका थिए ।

दशैंका लागि यसपटक काठमाडौंबाट करिब २५ लाख जना बाहिरिने प्रहरीको अनुमान गरिएको छ । उपत्यकाबाट बाहिरिने मुख्य ४ नाका छन् । जसमध्ये थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो । जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिने अनुमान छ । त्यस्तै, बल्खु–चोभार नाकाबाट १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै ५ प्रतिशत यात्रु राजधानीबाट बाहिरिने प्रहरीको भनाइ छ ।


ट्राफिक प्रहरीका अनुसार विहीबार मात्र झण्डै चार लाख मानिस बाहिरिएका छन् । दशैंका लागि सबैभन्दा धेरै यात्रु अब भोलि र पर्सी बाहिरिने छन् ।

टिकट काउन्टरमा पनि यी ३ दिनका लागि नियमित र थप गरिएको टिकट बुकिङ समेत सकिएको छ । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनहरुमा दैनिक ४ लाख जनासम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुले अनुमान गरेका हुन् ।


तस्वीर- अदिप श्रेष्ठ


 

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : ०९ बजे

गणेश नेपालीको निधनपछि आफन्त आन्दोलनको तयारीमा, शव बुझ्न अस्वीकार

काठमाडौं–  गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले आन्दोलनको तयारी

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ