“माहा” चक्रबातको असर तत्काल नेपालमा पर्दैन- महाशाखा « Khabarhub

“माहा” चक्रबातको असर तत्काल नेपालमा पर्दैन- महाशाखा


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले पुर्वानुमान गरेको छ ।

महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली चक्रबात अरब सागरको दक्षिण–पूर्वि भागमा विकसित भइरहेको जनाएको छ । यो प्रणालि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको र तत्कालै यस प्रणालीको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

तीन दिनको मौसम

कात्तिक १७ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पहाडी भस्भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १८ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १९ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार