एमसीसीसँग यू-१९ क्रिकेट टोली ३८ रनले पराजित « Khabarhub

एमसीसीसँग यू-१९ क्रिकेट टोली ३८ रनले पराजित


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरिलेबोन क्रिकेट क्लब (मसीसी)सँगको खेलमा नेपाल यु–१९ क्रिकेट टोली ३८ रनले पराजित भएको छ ।

नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्धको एकदिवसीयमा खेलमा नेपाली यू-१९ टोली पराजित भएको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्य नेपालले भेटाउन सकेन ।

नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रन बनाएका थिए । एमसिसिका लागि बिलि गोडलम्यानले २२, विल रोडस ९३, टम वेस्टले ६५, विल भ्यान्डर्सपर्स २४, एड योउङ ४५, माइल्स ह्याम्नोल्ड ६५ रनको योगदान दिए ।
नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिएका थिए भने कुशल मल्ल र आकाश चन्दले १–१ विकेट लिएका थिए ।

अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ५ : ०४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु