महिला आयोगमा पदाधिकारी नियुक्तिको माग | Khabarhub Khabarhub

महिला आयोगमा पदाधिकारी नियुक्तिको माग


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय महिला आयोगमा पदाधिकारी नियुक्ति नहुँदा कामकाज प्रभावित भएको सरोकारवालाले बताएका छन् ।

सङ्कल्प नामक संस्थाद्वारा आइतबार आयोजित आयोगका पदाधिकारी गठन बारेको छलफलमा महिला अधिकारकर्मीले पदाधिकारी नियुक्ति नहुँदा नीति तथा कार्यक्रममा प्रभाव परेको भन्दै जतिसक्दो चाँडो नियुक्ति गर्नुपर्ने माग गरेका हुन् ।

चालू आर्थिक वर्षमा मात्र ५ सयभन्दा बढी उजुरी आयोगमा परेका छन् । पदाधिकारी नहुँदा ती उजुरीबारे निर्णय गर्न सकिएको छैन । राष्ट्रिय महिला आयोग ऐन, २०७४ प्रमाणित भएको दिन २०७४ असोज २९ गतेदेखि नै आयोग पदाधिकारीविहीन छ ।

महिला अधिकारकर्मी लिली थापाले आयोगको पदाधिकारी नियुक्तिका लागि महिलाले संसद्, सडक र पार्टीभित्रसमेत सकारात्मक दबाब दिनुपर्नेमा जोड दिइन् । आयोगमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था गरिएको छ ।

महिला आयोग मात्रै होइन पदाधिकारी नहुँदा आदिवासी जनजाति आयोग र अन्य आयोगको पनि हालत उस्तै छ । आयोगका हरेक गतिविधि तथा काम बोर्ड बैठकले पास गर्नुपर्ने व्यवस्था छ । “पदाधिकारी नहुँदा आयोगका काम ठप्प जस्तै छन्”, सांसद शान्ति पाख्रिनले भनिन् ।

राजनीतिक दलको असहमतिका कारण आयोगमा पदाधिकारी गठन गर्न ढिलाइ भएको भन्दै उनले दबाब सिर्जना गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ०२ बजे

पुसमा बढ्यो घरजग्गा कारोबारः एक महिनामा चार अर्ब २५ करोड राजश्व सङ्कलन

काठमाडौं – घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको

मर्मतका लागि आज कुनकुन क्षेत्रमा काटिन्छ बिजुली ?

काठमाडौं – मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु

महंगो बन्दै अमेरिकी डलर : शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ५ गते शनिबार माघ कृष्ण