राणाकालीन दरबार बबरमहलको प्रबलीकरण शुरु « Khabarhub

राणाकालीन दरबार बबरमहलको प्रबलीकरण शुरु


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रबलीकरण शुरु भएको छ । बबरमहल पुरानै स्वरुपमा प्रबलीकरण थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना एकाइ (भवन)ले जनाएको छ ।

गत असार २५ गते निर्माण व्यवसायीसँग प्रबलीकरणका लागि सम्झौता भई काम शुरु भएको आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए । रु ८६ करोड दुई लाख ५२ हजारको लागतमा दुई वर्षभित्र प्रबलीकरण सम्पन्न हुनेछ । भवनमा भूकम्पअघिसम्म सडक विभाग र महालेखा परीक्षकको कार्यालय सञ्चालनमा थियो । महालेखापरीक्षकको कार्यालय रहेको भागमा कम क्षति भएकाले हाल पनि त्यहीँ कार्यालय सञ्चालनमा छ । भूकम्पले क्षति पुर्‍याएपछि विभाग भने ललितपुरको चाकुपाट सरेको छ ।

विसं १९७० मा चन्द्रशम्शेरले आफ्ना छोरा बबरशम्शेरका लागि निर्माण गरेकाले भवनको नाम बबरमहल राखिएको हो । दरबार परिसरमा फेला परेका इँटामा ‘श्री ३ चन्द्रशम्शेर १९०३’ लेखिएको पाइएको छ । दरबार क्षेत्रले २१ रोपनी क्षेत्रफल ओगटेको छ । जग्गाको स्वामित्व सरकारका नाममा आइसकेको विभागले जनाएको छ ।

विसं २००७ देखि नै बबरमहलमा सडक विभागले काम गर्दै आएको थियो । चन्द्रशम्शेरले बकिङ्घम दरबारको स्वरुपमा बबरमहल निर्माण गरेको बताइन्छ । दरबारभित्रको आन्तरिक सजावट पनि बेलायती शैलीको रहेको छ । विसं १९९० को भूकम्पबाट पनि बबरमहलमा क्षति पुगेपछि १९९१ सालमा यसको जीर्णोद्वार गरिएको थियो ।

उक्त भवन सुर्की, चुना, काठ, फलामलगायत परम्परागत सामग्रीले नै प्रबलीकरण गरिनेछ । प्रबलीकरणमा सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग नगर्ने गरी निर्माण व्यसायीसँग सम्झौता भएको विश्वकर्माले बताउनुभयो । भवन प्रबलीकरणका लागि जिसीजिसी/आशीष/समानान्तर जेभीसँग सम्झौता भएको छ । यसैगरी भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पनि प्रबलीकरण भइरहेको छ ।

केशरमहल, बालमन्दिर, शीतलनिवास, बहादुरभवन तथा त्रिचन्द्र क्याम्पसको घण्टाघर भवन पनि प्रबलीकरणका लागि सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ । लैनचौरस्थित दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) सचिवालयको सानो भवन भने प्रबलीकरण सम्पन्न भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै