स्पेस क्याप्सुलको अन्तरिक्ष केन्द्रमा सफल जडान « Khabarhub

स्पेस क्याप्सुलको अन्तरिक्ष केन्द्रमा सफल जडान


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– एलोन मस्कको कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जडान भएको छ । अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष लैजानका लागि प्रयोग हुने स्पेस क्याप्सुलको परीक्षणका लागि ड्रागन क्याप्सुल अन्तरिक्षमा लगिएको हो ।

गत शनिबार अमेरिकाको फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरेको ड्रागन नामक स्पेस क्याप्सुल १०ः५१ ग्रिनविचको समयमा न्युजील्याण्ड भन्दा केही उत्तर प्रशान्त महासागरभन्दा ४०० किलोमिटर माथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको हार्मोनी मोज्युलमा स्वचालित रुपमा सफल जडान भएको हो । स्पेस क्याप्सुलमा जडान भएका कम्प्युटर सेन्सरको माध्यमबाट अन्तरिक्ष केन्द्रमा स्वचालित रुपमा आफैँ जडान भएको जनाइएको छ ।

९० किलोग्रामको स्पेस क्याप्सुल अन्तरिक्ष केन्द्रमा जडान हुने बेला अन्तरिक्ष केन्द्रमा रहेका एक अमेरिकी तथा अर्का क्यानेडियन अन्तरिक्षयात्रीले उच्चस्तरको भिडियोमा जडान प्रक्रिया प्रत्यक्ष अवलोकन गरेका थिए ।

स्पेस क्याप्सुल आगामी शुक्रबारसम्म अन्तरिक्ष केन्द्रमा रहने र त्यसपछि पृथ्वीतर्फ फर्किने छ ।

अन्तरिक्ष यात्राका लागि चाहिने आधुनिक स्पेस क्याप्सुलको परीक्षणका लागि स्पेस एक्सले ड्रागन क्याप्सुल बनाएको हो । नासाले यसको परीक्षण सफल भएको औपचारिक घोषणा नगरेसम्म ड्रागन स्पेस क्याप्सुलमा मानिसलाई राखेर अन्तरिक्षमा लैजान नसकिने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५५ बजे

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम