भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा « Khabarhub

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार अबुधाबी पुगेका छन्। उनको विमानलाई यूएई एयरफोर्सका एफ-१६ लडाकु विमानहरूले सुरक्षा एस्कर्ट दिए।

मोदी र यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयनको उपस्थितिमा एलपीजी ग्यास आपूर्तिसहित विभिन्न महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ।

अबुधाबी पुगेपछि प्रधानमन्त्री मोदीको औपचारिक स्वागत गरिएको थियो। विभिन्न सञ्चारमाध्यमका अनुसार यूएई एयरफोर्सका एफ-१६ फाइटर जेटहरूले मोदीको विमानलाई एस्कर्ट गरेका थिए।

प्रधानमन्त्री मोदी र राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच एलपीजी आपूर्तिसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ।

यसका साथै रणनीतिक पेट्रोलियम रिजर्भ, रक्षा सहकार्य तथा वडिनारमा शिप रिपेयर क्लस्टरसँग सम्बन्धित समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।

यूएईले भारतीय पूर्वाधार, आरबीएल बैंक र साम्मान क्यापिटलमा ५ अर्ब डलर लगानी गर्ने घोषणा पनि गरेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच ऊर्जा सुरक्षा, व्यापार, लगानी तथा पश्चिम एसियाको अवस्थाबारे छलफल भएको थियो।

यसअघि यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले गत जनवरीमा भारत भ्रमण गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री मोदीले उनलाई काठको झुला उपहार दिएका थिए।

क्रुड आयल उत्पादन बढाइने

यूएईलेले हालै विश्वका प्रमुख तेल निर्यातक राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ। यूएईले सन् २०२७ सम्म दैनिक ५० लाख ब्यारेल क्रुड आयल उत्पादन पुर्‍याउने योजना बनाएको बताइएको छ।

यससँगै भारतीय र यूएईका कम्पनीहरूबीच दीर्घकालीन ऊर्जा सम्झौताबारे थप छलफल हुने सम्भावना व्यक्त गरिएको छ।

पूर्व भारतीय राजदूत सञ्जय सुधीरले एएनआईसँगको कुराकानीमा पश्चिम एसियाको वर्तमान परिस्थितिका बीच प्रधानमन्त्री मोदीको यूएई भ्रमण निकै महत्वपूर्ण रहेको बताएका छन्।

उनका अनुसार यो भ्रमण भारतको समर्थनको बलियो संकेतका रूपमा पनि हेरिएको छ।

भारतीय विदेश मन्त्रालयले यो भ्रमणले भारत र यूएईबीचको व्यापार तथा लगानी सम्बन्ध अझ मजबुत बनाउने जनाएको छ।

दुवै देशबीच पहिलेदेखि नै व्यापक रणनीतिक साझेदारी रहेको र यस भ्रमणले त्यसलाई थप विस्तार गर्ने उद्देश्य राखिएको मन्त्रालयको भनाइ छ।

मोदीले भने : यूएई मेरो दोस्रो घर आएजस्तै

प्रधानमन्त्री मोदीले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँगको भेटमा न्यानो स्वागतका लागि धन्यवाद दिएका छन्।

उनले भने, ‘तपाईंले भनेजस्तै, म आफ्नो दोस्रो घर आएको छु। यो भावना मेरो जीवनको ठूलो पूँजी हो।’

उनले बिहीबार नै यूएई एयरफोर्सका लडाकु विमानहरूले आफ्नो विमानलाई एस्कर्ट गरेको उल्लेख गर्दै यसलाई भारतका जनताका लागि सम्मानको विषय बताएका छन्।

विभिन्न सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री मोदी र यूएई का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानको उपस्थितिमा भारत र यूएई बीच विभिन्न समझदारीपत्र आदानप्रदान गरिएको छ।

यी सम्झौताहरूको उद्देश्य दुवै देशबीचको सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउनु रहेको बताइएको छ।

प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भारतमा हालै आएको प्राकृतिक विपत्तिप्रति संवेदना व्यक्त गरेकोमा यूएईका राष्ट्रपतिलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : ०१ बजे

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको