पाकिस्तानमा सोमबारबाट नागरिक उड्ययन सेवा सुचारु हुने « Khabarhub

पाकिस्तानमा सोमबारबाट नागरिक उड्ययन सेवा सुचारु हुने


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यो साता भारतसँग हवाई युद्धकै संघारमा पुगेपछि नागरिक उड्ययन सेवामा लगाएको रोक पाकिस्तानले सोमबारबाट फुकुवा गर्ने भएको छ ।

पाकिस्तानको नागरिक उड्ययन प्राधिकरणले आफ्ना विमानस्थलबाट हुने सार्वजनिक हवाई उडानमा लगाएको रोक स्थानीय समयअनुसार सोमबार अपराह्न १ बजेबाट पूर्ण रुपमा फुकुवा गर्ने जनाएको हो ।

यसअघि गत शुक्रबार नै पाकिस्तानका कराँची, राजधानी इस्लामावाद, क्वेटा र पेशावर शहरका विमानस्थलमा नागरिक उड्ययनको रोक आंशिक फुकुवा गरिएको थियो भने आइतबार लाहौर शहरको अल्लामा इकबाल विमानस्थल पनि आंशिक खुला गरिएको थियो ।

पाकिस्तानको गिल्गिट बाल्टिस्तान, पन्जाब तथा सिन्ध प्रान्तका केही विमानस्थल शनिबार पनि बन्द रहेको  पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

नागरिक उड्ययनका लागि आंशिक खुला गरिएका तथा पूर्ण रुपमा बन्द रहेका सबै विमानस्थल सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

यो साता भारत र पाकिस्तानबीच हवाई युद्ध नै हुनसक्ने अवस्था आएपछि पाकिस्तानले आफ्नो आकाश तथा विमानस्थल नागरिक उड्ययन सेवाका लागि ठप्प पारेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र