भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान « Khabarhub

भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– केही दिनअघि भारतसँगको ‘हवाई लडाइँ’मा पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमान प्रयोग गरे/नगरेको बारे अमेरिकाले अनुसन्धान शुरु गरेको छ ।

पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीच भएको हतियार किनबेचको सम्झौता उल्लङ्घन भएको हुनसक्ने भन्दै पाकिस्तानको राजधानी इस्लामावादस्थित अमेरिकी दूतावासले त्यसबारे जानकारी खोजेको जनाएको छ ।

गत बुधबार भारत र पाकिस्तानबीचको हवाई लडाइँमा पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने त्यस लडाईँमा एफ १६ लडाकु विमानको प्रयोग नगरेको बताउँदै आएको छ ।

बुधबारको हवाई लडाईँमा पाकिस्तानले भारतको मिग २१ लडाकु विमान खसालेर पाइलटलाई नियन्त्रणमा लिएको थियो । ती पाइलट विङ कमाण्डर अभिनन्दनलाई गत शुक्रबार रिहा गरिएको थियो ।

पाकिस्तानले एफ १६ विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीचको कस्तो सम्झौता उल्लङ्घन भएको हो भन्नेबारे अमेरिकी दूतावासले केही खुलाएको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ४७ बजे

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई