नेपाली सेनामा ‘नयाँ’ अभ्यास, प्रतिस्पर्धाका आधारमा प्रमुख सुवेदारको छनौट « Khabarhub

नेपाली सेनामा ‘नयाँ’ अभ्यास, प्रतिस्पर्धाका आधारमा प्रमुख सुवेदारको छनौट


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले प्रतिस्पर्धाका आधारमा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट गरेको छ ।

मुलुकभरका गण र गुल्मका सुवेदार–मेजरमध्येबाट प्रतिस्पर्धाका आधारमा २४ नम्बर बाहिनी अङ्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट भएका नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए ।

प्रधानसेनापतिको कार्यालयमा रही पदिक र तल्लो तहका सकल दर्जाका हक, हितका लागि सरसल्लाह गरेर सेनाप्रमुख समक्ष सिधै जानकारी गराउन सक्ने अधिकार रहको उक्त पद सेनाभित्र निकै महत्वपूर्ण मानिन्छ ।

यसअघि प्रधानसेनापतिले आफूले कमाण्ड गरेको पल्टन वा आफूले चाहेको व्यक्तिलाई जङगी अड्डाको सुवेदार–मेजरमा ल्याउने चलन रही आएको थियो । पदिकदेखि तल्लो तहसम्मका सकल दर्जाको खटन/पटनदेखि आर्थिक व्यवस्थापनसमेत रहने सुवेदार–मेजरलाई सेनाभित्र निकै जिम्मेवारीको पद मानिन्छ ।

आफूभन्दा माथिल्लो तहमा रहेपनि सहायक सेनानीदेखि गणपतिसम्मलाई आवश्यक सरसल्लाहसहित अनुशासन र सैनिक आचरणमा रहन प्रेरित गर्ने जिम्मेवारीसमेत रहने हुनाले तल्लो तहमा भर्ना भएका प्रत्येक सैनिकले कम्तिमा पनि सुवेदार–मेजर हुने आकाङ्क्षा राख्ने गरेका छन् ।

नेपाली सेनामा तालिम, बढुवा, जिम्मेवारीलाई बस्तुनिष्ट र पारदर्शी तुल्याउने क्रममा पहिलो पटक सेना प्रमुख सुवेदारको छनोट भएको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ६ : १६ बजे

विषादीको विकल्पमा ‘जैविक झोल’को प्रयोग

म्याग्दी– म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी– कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

काठमाडौँ – नेकपा (एमाले) का नेता झपटबहादुर रावलले हालैको आम

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा

नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण