काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी पुरिँदै « Khabarhub

काठमाडौं उपत्यकाभित्रका खाल्डाखुल्डी पुरिँदै


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य शुरु भएको छ। दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ। यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंसिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डी पुरिने बताए ।

उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य शुरु गरिएको स्पष्ट पारे। मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने उनले बताए ।

मुलुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उनले बताए ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना मन्त्रालयको छ।

प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया सहितको अनुगमन टोलीले मङ्गलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गरेको थियो ।

विकास व्यवस्थापनविज्ञ थपलियाले सडकका खाल्डाखुल्डीबारे प्रधानमन्त्रीले लिएको चासोपछि विशेष योजना बनाएर खाल्डाखुल्डी पुरिने कार्यलाई अगाडि बढाइएको हो ।

काठमाडौँ उपत्यकामा काठमाडौँ सडक डिभिजन कार्यालयअन्तर्गत रहेका ९३ वटा, ललितपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने ३८ वटा र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने १९ वटा सडकका खाल्डाखुल्डी पुरिनेछ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ४५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट