‘सेल्फी किङ’ को टिजरमा विपिनको नैरश्यता (भिडियो) « Khabarhub

‘सेल्फी किङ’ को टिजरमा विपिनको नैरश्यता (भिडियो)


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘सेल्फी किङ’ को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

यसअघि पोस्टर रिलिज गरेर चर्चा कमाएको फिल्मले टिजरमा पनि विपिन कार्कीलाई नै स्थान दिएको छ । फिल्ममा विपिनले एक कलाकारको चरित्र निभाएका छन् ।

एक राष्ट्रिय कलाकारको जीवनमा आइपरेको उतारचढावलाई कथानक बनाइएको फिल्ममा निर्देशक सापकोटाकै स्किृप्ट रहेको छ । यो फिल्ममा सुसन प्रजापतिको छायांकन तथा जीवन थापाको सम्पादन रहेको छ ।

फिल्मलाई सुभाष थापा र दिनेश राउतले निर्माण गरेका हुन् ।

यस्तै फिल्ममा विपिनका अलावा भुवन चन्द, अभय बराल, लक्ष्मी बर्देवा, लोकमणि नेपाल, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म आउँदो माघ २४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी