१३ औं साग : उसुका दीपकले दिलाए नेपाललाई २४ औं स्वर्ण « Khabarhub

१३ औं साग : उसुका दीपकले दिलाए नेपाललाई २४ औं स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले २४ औं स्वर्ण पदक जितेको छ ।

उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्दै नेपाललाई २४ औं स्वर्ण दिलाएका हुन् । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

यसअघि नेपालका लागि तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले २३ औं स्वर्ण पदक दिलाएका थिए । सातदोबाटोस्थित तेक्वान्दो हलमा मंगलबार भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । यसअघि तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा नेपाललाई २२ औं स्वर्ण दिलाएकी थिइन् ।

काजलले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : १९ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन