३८ क्विन्टल सुन तस्करी प्रकरण– आरके ज्वेलर्सको सिलबन्दी हटाउन सर्वोच्चको परमादेश « Khabarhub

३८ क्विन्टल सुन तस्करी प्रकरण– आरके ज्वेलर्सको सिलबन्दी हटाउन सर्वोच्चको परमादेश


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा काठमाडौंको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाइएको सिलबन्दी हटाउन सरकारका नाममा परमादेशको आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले आरके ज्वेलर्समा लगाइएको सिलबन्दी हटाउन सरकारका नाममा परामादेशको आदेश जारी गरेको हो ।

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको समितिले २८ चैत २०७५ मा न्युरोड र दरबारमार्गमो रहेको आरके ज्वेलर्समा सिलबन्दी गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मोहनराज अग्रवालको डिल्लीबजारस्थित घरमा छापा मारेपछि आरेके ज्वेलर्समा पनि छापा मारेको थियो ।

अग्रवालको घरबाट बरामद भएका कागजातबाट आरके ज्वेलर्सका सञ्चालक समेत सुन तस्करीमा संलग्न भएको प्रमाण भेटिएको भन्दै समितिले छापा मारी पसल सिलबन्दी गरेको थियो ।

गृह मन्त्रालयको समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका शाक्यलाई मोरङ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

पछि शाक्य जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च हुँदै सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतमा दायर गरेको रिटमा शाक्यले सुन तस्करीको मुद्दा अदालतमा विचाराधीन रहेपनि आफूले व्यवसाय सञ्चालन गर्नु पाउनुपर्ने भन्दै पसलमा गरिएको सिलबन्दी हटाउनका लागि आवश्यक आदेश जारी गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ६ : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर