प्रेम सम्बन्धमा हुनुहुन्छ ? सामाजिक सञ्जालमा शेयर नगर्नुहोस् यस्ता कुरा « Khabarhub

प्रेम सम्बन्धमा हुनुहुन्छ ? सामाजिक सञ्जालमा शेयर नगर्नुहोस् यस्ता कुरा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

प्रेम सम्बन्ध जुनसुकै व्यक्तिका लागि उसको व्यक्तिगत विषय हो । त्यसलाई व्यक्तिगत तहमै राख्नु उपयुक्त हुन्छ ।

तर, सूचना प्रविधिको बढ्दो प्रयोगले हाम्रो जीवन सामाजिक सञ्जालको एउटा अंग जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको प्रयोग आफैंमा नराम्रो हैन । तर, व्यक्तिगत जीवनको सबै पाटो यसमा खुलस्त पार्नु भने त्यति उचित हैन ।

जस्तो कि प्रेम सम्बन्धमा रहेका जोडीहरुले आफ्ना सबै विषय सामाजिक सञ्जालमा छताछुल्ल पार्दा उनीहरुले धेरै समस्या भोग्ने गरेका विषय समाचारमा सुन्न र पढ्न पाइन्छ ।

यदि तपाईं पनि प्रेम सम्बन्धमा हुनुहुन्छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा केही सावधानी अपनाउनै पर्छ ।

प्रेम सम्बन्धमा रहेका व्यक्तिले सामाजिक सञ्जालको प्रयोगमा निम्नानुसारका सावधानी अपनाउन हितकर हुन्छ ।

–व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टनरबीच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा शेयर नगर्नुहोस्, केही व्यक्तिले त्यसको दुरुपयोग पनि गर्न सक्छन् । जसबाट तपाईंलाई समस्या पुग्न सक्छ ।

– झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा भएको जनाउने तथा हिंसात्मक सन्देश दिनेखालका पोस्टहरु शेयर गर्दा त्यसले तपाईंको व्यक्तिगत जीवनमा असर पार्न सक्छ । सम्बन्धमा रहँदा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस्, झुक्किएर पनि झगडा भएको विषयलाई सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

– महंगो उपहार : तपाईले आफूसँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ या तपाईंको पार्टनरले तपाईंलाई महंगो उपचार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

– घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टनरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

– ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीचको सम्बन्धमा कुनै बाधा उत्पन्न भयो र सम्बन्ध टुट्यो भने पनि त्यसलाई सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । यस्ता विषयले तपाईंको भविष्यमा समेत असर पार्न सक्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३० बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु