प्रेम सम्बन्धमा हुनुहुन्छ ? सामाजिक सञ्जालमा शेयर नगर्नुहोस् यस्ता कुरा « Khabarhub

प्रेम सम्बन्धमा हुनुहुन्छ ? सामाजिक सञ्जालमा शेयर नगर्नुहोस् यस्ता कुरा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम सम्बन्ध जुनसुकै व्यक्तिका लागि उसको व्यक्तिगत विषय हो । त्यसलाई व्यक्तिगत तहमै राख्नु उपयुक्त हुन्छ ।

तर, सूचना प्रविधिको बढ्दो प्रयोगले हाम्रो जीवन सामाजिक सञ्जालको एउटा अंग जस्तै बनिसकेको छ । सामाजिक सञ्जालको प्रयोग आफैंमा नराम्रो हैन । तर, व्यक्तिगत जीवनको सबै पाटो यसमा खुलस्त पार्नु भने त्यति उचित हैन ।

जस्तो कि प्रेम सम्बन्धमा रहेका जोडीहरुले आफ्ना सबै विषय सामाजिक सञ्जालमा छताछुल्ल पार्दा उनीहरुले धेरै समस्या भोग्ने गरेका विषय समाचारमा सुन्न र पढ्न पाइन्छ ।

यदि तपाईं पनि प्रेम सम्बन्धमा हुनुहुन्छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा केही सावधानी अपनाउनै पर्छ ।

प्रेम सम्बन्धमा रहेका व्यक्तिले सामाजिक सञ्जालको प्रयोगमा निम्नानुसारका सावधानी अपनाउन हितकर हुन्छ ।

–व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टनरबीच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा शेयर नगर्नुहोस्, केही व्यक्तिले त्यसको दुरुपयोग पनि गर्न सक्छन् । जसबाट तपाईंलाई समस्या पुग्न सक्छ ।

– झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा भएको जनाउने तथा हिंसात्मक सन्देश दिनेखालका पोस्टहरु शेयर गर्दा त्यसले तपाईंको व्यक्तिगत जीवनमा असर पार्न सक्छ । सम्बन्धमा रहँदा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस्, झुक्किएर पनि झगडा भएको विषयलाई सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

– महंगो उपहार : तपाईले आफूसँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ या तपाईंको पार्टनरले तपाईंलाई महंगो उपचार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।

– घुम्न जाने ठाउँको लोकेसन : यदि तपाईं पार्टनरसँग कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् । कसैले गलत नियत राखेर तपाईंमाथि निगरानी गरिरहेको छ भने यसले थप असर गर्न सक्छ ।

– ब्रेकअप : यदि तपाईं र तपाईंको पार्टनरबीचको सम्बन्धमा कुनै बाधा उत्पन्न भयो र सम्बन्ध टुट्यो भने पनि त्यसलाई सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । यस्ता विषयले तपाईंको भविष्यमा समेत असर पार्न सक्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३० बजे

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका

म्याग्दी नदीको कटान नियन्त्रणका लागि पर्खाल निर्माण सुरु

म्याग्दी– म्याग्दी सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

तनहुँ– तनहुँको बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले