रेडियोलोजिस्ट नहुँदा रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द « Khabarhub

रेडियोलोजिस्ट नहुँदा रामपुर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कालीगण्डकी बेंसी क्षेत्रका गण्डकी र प्रदेश नम्बर ५ का ४ जिल्लाका जनाताले सेवा लिने रामपुर अस्पताल पाल्पामा भिडियो एक्सरे सेवा नहुँदा सास्ती बिरामीहरुले बेहोर्नुपरेको छ । अस्पतालमा दैनिक २ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरे पनि रेडियोलोजिष्ट चिकित्सकको अभावमा सेवा दिन नसकिएको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले स्वीकारे ।

उनले भने, ‘अस्पतालमा भिडियो एक्सरेको पुरानो मेसिन त छ तर त्यससम्बन्धी डाक्टर नहुँदा समस्या छ, त्यससँगै डिजिटल भिडियो एक्सरे मेसिनका लागि प्रदेश नम्बर ५ को सरकारमा निवेदन पेशसमेत गरिएको छ ।’

पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा अस्पतालमा भिडियो एक्सरे सेवा नहुँदा बिरामीलाई भिडियो एक्सरेकै लागि पाल्पा सदरमुकाम तानसेन तथा बुटवल र पोखरा जानुपर्ने बाध्यता छ ।

रामपुर नगरपालिका वडा नम्बर १० का बोधराज भण्डारीले यस क्षेत्रको ठूलो अस्पतालमा त्यति टाढाबाट आएर सेवा लिन खोज्दा भिडियो एक्सरे सेवा नभएको बताउँदै खर्च गरेर ६५ किलोमिटर दूरी पार गरी तानसेन प्रभास जान समस्या भएको गुनाासो गरे ।

रामपुर तिलकपुरका हुमबहादुर कुमालले पनि स्वास्थ्य बिमा गराइए पनि भिडियो एक्सरेका लागि निजी क्लिनिकमा जानुपर्ने समस्या समाधानका लागि अस्पतालका सरोकार पक्षले चिकित्सकलाई टिकाइराख्ने वातावण मिलाउनुपर्ने सुझाव दिए ।

अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ । सूचना अधिकृत कोइरालाका अनुसार अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध हुने ७० किसिमका औषधि नियमित दिने गरिएको छ । उनले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध भएका अस्पतालका सेवासुविधाका वारेमा निगरानी गरिराखेको बताए ।

अस्पतालमा अहिले ६ एमबीबीएस डाक्टरमध्ये ४ स्थायी र २ जना करारले सेवा दिँदै आएका छन् । अस्पतालमा अहिले ६–६ स्टाफ नर्स र अनमी, एक नर्सिङ अधिकृत, ३ एचए, ५ प्रयोगशाला कर्मचारी, २ औषधालयका तथा ५ अहेवले सेवा दिएका छन् ।

भिडियो एक्सरे तथा एक्सरे सेवा पाइने भए पनि भिडियो एक्सरेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा आउने अधिकांश बिरामीले सरकारले दिनेभन्दा फरक केही औषधि चाहिए निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता भने केही समय अगाडि अस्पताल हातामै औषधालय सञ्चालन भएपछि हटेको बताएका छन् ।

महिनामा करीब ४० जनाको हाराहारीमा सुत्केरी हुन आउने अस्पतालमा बिरामी भिडियो एक्सरेका निम्ति स्थानीय निजी क्लिनिकमा ६ सयदेख १ हजार रुपैयाँ तिर्न बाध्य छन् । यस क्षेत्रकै ठूलो अस्पतालकोको स्तरोन्नति गरी अस्पताललाई ५० शय्या बनाउनका निम्ति भवन निर्माण भइरहेकाले धेरै सेवासुविधा लिने सकिने धेरैको अपेक्षा छ ।

अस्पतालमा रामपुर नगरपालिकालगायत पाल्पाका निस्दी, पूर्वखोला र रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका तथा नवलपुरका वौदीकाली, रकुवा र डेढगाउँ क्षेत्रका नागरिकले सेवा लिने गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : १८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय