हेर्नुस् मधुमेहबारे ७ भ्रम र यथार्थ « Khabarhub

हेर्नुस् मधुमेहबारे ७ भ्रम र यथार्थ


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई मधुमेहको समस्या भएकै कारण आफुलाई खान मन लागेका खाना नखाएर बस्ने गर्नुहुन्छ ?

मधुमेह रोगका बारेमा आम मानिसमा केही भ्रमहरु रहो छन् जसको यथार्थ भने फरक रहने गरेको छ । जसबारे हामी जानकारी दिन गइरहेका छौं ।जसले तपाईको चाहना र मधुमेहको जोखिमलाई पनि नियन्त्रणमा राख्छ ।

भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि मधुमेह रोगीका लागि राम्रो हुन्छ ।

यर्थातः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ । त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर सलाद र तरकारीहरु राखेर खान सकिन्छ ।

भ्रमः सधै खाने चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ ।
यर्थातः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न खाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी खानुपर्छ ।

भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ ।
यर्थातः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ ।

भ्रमः जमिनमुनी उत्पादन हुने खाद्यपदार्थ खानुहन्न ।
यर्थातः काँक्रो, मुला प्रशस्त खान सकिन्छ । अन्य जमिनमुनीको वस्तुलाई पनि अनुपात मिलाएर खान सकिन्छ । जस्तै अन्नको सट्टा उही अनुपातमा आलु खान सकिन्छ ।

भ्रमः चिनीको सट्टा मह खान हुन्छ ।
यर्थातः महमा पनि कार्बोहाईड्रेट बढी मात्रामा पाईने हुनाले नखानु नै उत्तम हुन्छ ।

भ्रमः गुलियो फलफुल खानुहुन्न ।
यर्थातः हरेक खानेकुराको आ–आफ्नै विशेषता हुने भएकाले ठीक्क अनुपातमा मिलाएर खान सकिन्छ ।

‍भ्रमः अण्डाको पहेंलो भाग खानुुहुन्न ।
यर्थातः अण्डाको पहेलो भागमा कोलेस्टेरोल हुने भएकाले धेरै जनाले अण्डा नै खान छाडेको पाईन्छ । तर अण्डाको पहेंलो भागमा कोलेस्टेरोल मात्र नभएर अन्य राम्रो प्रकारका शरीरलाई आवश्यक पर्ने भिटामिन पनि पाईने भएकाले माछामासु दैनिक नखाने ब्यक्तिले दिनको एउटा अण्डा खान सकिन्छ । एक भन्दा बढी अण्डा खाएमा बाँकी अण्डाको पहेंलो भाग हटाउन सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ३७ बजे

स्थिरता र सुशासनको लागि ‘सिस्टम रिबुट’

नेपालको राजनीति आज जुन गम्भीर र निराशाजनक मोडमा उभिएको छ,

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

१३औँ पोल्ट्री दिवस मनाइयो

चितवन– चितवनमा १३औँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ

जेन-जी अभियन्ताको चेतावनी- समानुपातिक सूची नसच्याए रास्वपालाई भोट हालिदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको