राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक सफलता « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक सफलता


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध तीन एकदिवसिय तथा तीन ट्वान्टी—२० शृङ्खला खेलेको नेपालले दुवै शृङ्खलामा कब्जा जमाउँदै ऐतिहासिक उपलब्धी हात पारेको छ । एकदिवसिय अन्तराष्ट्रिय शृङ्खला २—१ ले जितेको नेपालले आइतबार आईसीसी एकेडेमी मैदानमा सम्पन्न ट्वान्टी—२० शृङखलाको अन्तिम खेल १४ रनले जित्दै शृङ्खला २—१ ले जितको हो । यो जीतसँगै टि—२० शृङ्खलामा पनि नेपालले ऐतिहासिक सफलता हात पारेको छ ।

आइतबारको खेल बर्षाले प्रभावीत भएपछि १० आभेरमा झारिएको थियो । जसमा यूएईलाई १४ रनले पराजित गर्दा कप्तान पारस खड्काले नेपालका तर्फबाट सर्वाधिक २९ रन बनाए भने युवा ब्याट्सम्यान सन्दीप जोराले २८ तथा विनोद भण्डारीले २१ रन बनाए ।

बलिङ तर्फ नेपालका युवा खेलाडी करण केसी, अभिनास बोहरा र ललित नारायण राजवंशीले समान दुई—दुई विकेट लिए ।

नेपालले पहिलो खेल २१ रनले घरेलु टोली यूएईलाई सुम्पिएको थियो भने दोस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गरेको थियो ।

नेदरल्यान्ड्स विरुद्धकबो पहिलो एकदिवसियमा सिरीजमा १—१ को बराबरी खेलेको नेपालका कप्तान पारस खड्काले यूएईविरुद्ध खेल्न जानु अघि जसरी पनि सिरीज जित्ने बताएका थिए । बिजेता बन्नेमा विश्वस्त देखिएका कप्तान खड्काले अन्तत यूएईविरुद्धको सिरीजमा क्लिनस्विप गरे ।

पहिलो एकदिवसियमा नेपालले नेदरल्यान्डसँग १—१ को बराबरीमा खेलेको थियो भने दोस्रो सिरिजमा यूएईविरुद्ध २—१ ऐतिहासिक जित हासिल गरेको छ ।

एकदिवसिय सिरीज जितेर उच्च मनोवल बनाएको नेपालले ट्वान्टी—२० शृङ्खलाको पहिलो खेल गुमाएपनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरीजमाथि कब्जा जमायो ।

डेब्युमा सफलता

यूएईविरुद्धको ट्वान्टी—२० शृङ्खलामा युवा खेलाडी सन्दीप जोरा, अभिनास बोहरा तथा रोहित कुमार पौडेलले डेब्यु गरेका थिए । जसमा उनीहरुको डेब्यु प्रतियोगिता सुखद् रह्यो । शृङ्खलाको पहिलो खेल गुुमाएको नेपालका लागि दोस्रो खेल जित्नै पर्ने दबाब थियो । जुन खेलमा एकदिवसिय तथा टि–२० को पहिलो खेलसम्म फर्ममा नदेखिएका दीपेन्द्रसिंह ऐरीले विजयी इनिङ खेल्दै उत्कृष्ट पुनरागम गरे । दीपेन्दको कमब्याक भएपछि नेपालले यूएईलाई ३ विकेटले पराजित गर्दै शृङ्खला जित्ने लक्ष्य देखाएको थियो । ४१ ब्लको सामना गरेका उनले नटआउट रहँदै ४७ रन बनाएका थिए ।

घरेलु ट्वान्टी—२० फ्रेन्चाईज लिगहरुमा लामो सर्ट प्रहार गर्न माहिर मानिएका सन्दीप जोराका लागि सिनियर टोलीको डेब्यु प्रतियोगिता सुखद् रह्यो । उनले पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकसहित ५३ रन बनाए तर, टोलीले जित हात पार्न भने सकेन् । दोस्रो खेलमा कम रनमै पवेलियन फर्किएका उनले तेस्रो खेलमा ३ छक्कासहित २८ रन बनाए । जोराले डेव्यू मै कम उमेरमा अर्धशतक प्रहार गर्ने किर्तिमानी समेत बनाउन सफल भए ।

तोस्रो तथा अन्तिम खेल बर्षाका कारण ढिला सुरुभएपछि खेल दश ओभरमा घटाइएको थियो । जसमा टस हारेर ब्याटिङ गरेको नेपालले १० ओभर पुरा खेल्दै १०४ रन बनाएको थियो ।

युएईलाई ९० रनमा रोक्न नेपालका अभिनास बोहरा, ललित नारायण राजवंशी तथा करण केसीले समान दुई —दुई विकेट लिए । अन्तिम खेलमा दुई विकेट लिएर १३ रन मात्रै खर्चेका करण म्यान अफ दी म्याच घोषित भएका थिए भने तीन खेलमा उत्कृष्ट बलिङ गरेका अभिनास बोहरा म्यान अफ दी सिरीज घोषीत भए ।

डेब्यु गरेका रोहित कुमार पौडेलले पहिलो खेलमा ४ रनमात्रै बनाउन सके भने दोस्रो खेलमा उनको स्थानमा प्रदिप ऐरीले स्थान बनाएका थिए । भने दोस्रो खेलमा बसन्त रेग्मीको स्थानमा ललित नारायण राजवंशीले स्थान पाएका थिए ।

यूएई ‘टुर’ युवा खेलाडीका लागि विशेष

न्ोपाल यूएई भ्रमणमा क्निस्विप गरेको नेपाली टिमका युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई सहजता प्रदान गरे । एकदिवसिय अन्तराष्ट्रियमा ३ खेलाडीले आफ्नो विश्व किर्तिमानी समेत बनाए । एकदिवसिय अन्तराष्ट्रियमा पुरुष तर्फ विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गरेका रोहितकुमार पौडेलले विश्व किर्तिमानी राख्दा कप्तान पारस खड्काले अन्तिम एकदिवसिय खेलमा शतक पुरा गर्दै एकदिवसियमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

त्यस्तै, युवा खेलाडी सोमपाल कामी एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । कप्तान पारस खड्काले एकदिवसिय अन्तराष्ट्रियको अन्तिम खेलमा कप्तानी इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गर्दै एकदिवसिय अन्तराष्ट्रिय शृङ्खलामा पहिलो शतक बनाउँने पहिलो नेपाली खेलाडी बने ।

एकदिवसिय अन्तराष्ट्रियमा पारस खड्काले १५६ रन बनाएका कप्तान खड्काले प्लेअर अफ दी सिरीज र अन्तिम खेलमा म्यान अफ दी म्याच भएका थिए ।

आसिफ शेख र उपकप्तान ज्ञानेन्द्र मल्लले समान ७५ रन बनाउँदा युवा खेलाडी रोहित कुमार पौडेलले ७१ रन बनाए ।

त्यस्तै, ट्वान्टी—२० मा सिनीयर टोलीबाट डेब्यु गरेका अभिनास बोहरा प्लेअर अफ दी सिरीज घोषित भए । उनले ३ खेलमा ७ विकेट लिँदा विश्व ट्वान्टी—२० फर्म्याटका लिग खेल्दै चर्चा कमाएका सन्दीप लामिछानेले ५ विकेट लिएभने सोमपाल कामीले ४ विकेट लिएका थिए ।

ब्याटिङतर्फ किर्तिमानधारी सन्दीप जोराले ८२ रन, कप्तान पारस खड्काले ५४ तथा दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ५२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२