नेपालको आफ्नै भूउपग्रह ‘नानो स्याटेलाइट’, ४ वैशाखमा भर्जिनियाबाट प्रक्षेपण « Khabarhub

नेपालको आफ्नै भूउपग्रह ‘नानो स्याटेलाइट’, ४ वैशाखमा भर्जिनियाबाट प्रक्षेपण


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले   बारा र पर्साकै हावहुरीपछिको अवस्थालाई प्रमुख समाचारका रुपमा छापेको छ । ‘दोहोरिए विपत् :  खुलेन चेत शीर्षक’मा बारा र पर्सामा हावाहुरीबाट २४ सय घर भत्किएको सरकारी रिपोर्ट, तर गृहमन्त्रालयले पठायो जम्मा ४ सय ६८ पाल,  ७२ घन्टासम्म पनि केन्द्रीय विपत् व्यवसथपन समितिको बैठक नबसेको लगायतका पीडितका व्यवथाहरुलाई समाचारमा उल्लेख गरेको छ ।

पत्रिकाले भूकम्पमा दाताले दिएका सामग्री विमानस्थलमै सडे, त्रिपाल खरिदमा अनियमितता  भएको महालेखाको ठहर शीर्षकमा अर्को समाचार छापेको छ । भूकम्पपछि विभिन्न मित्रराष्ट्र तथा संघसंस्थाबाट पीडितका नाममा भित्रिएको राहत विमानस्थलमै सडेपछि जलाइएको छ । विपतका बेला पीडितले पर्याप्त राहत पाएनन, तर राहतका सामान विमानस्थलको केद्रीय गोदाममै कुहिएको र महालेखाले जनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै देउवाविरुद्ध ५१ जिल्ला सभापतिको भेला शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति दबाब दिन काठमाडौंमा भेला भएको समाचारमा जनाइएको छ।

त्यस्तै पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको समाचारलाई पनि प्रकाशित गरेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेको अख्तियारले जनाएको छ ।

‘४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । नेपाली वैज्ञानिकले बनाएको पहिलो ‘नानो स्याटेलाइट’ ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्र्र्रक्षेपण हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दास्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ०७ बजे

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश

कुलेखानी क्षेत्रका तीन ठाउँमा साइरन

बागमती– जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल

निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत

देवराज घिमिरे र शिवमाया तुम्बाहाम्फेलाई एमाले स्थायी कमिटी सदस्य बनाउन प्रस्ताव

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका