नेपालको आफ्नै भूउपग्रह ‘नानो स्याटेलाइट’, ४ वैशाखमा भर्जिनियाबाट प्रक्षेपण « Khabarhub

नेपालको आफ्नै भूउपग्रह ‘नानो स्याटेलाइट’, ४ वैशाखमा भर्जिनियाबाट प्रक्षेपण


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले   बारा र पर्साकै हावहुरीपछिको अवस्थालाई प्रमुख समाचारका रुपमा छापेको छ । ‘दोहोरिए विपत् :  खुलेन चेत शीर्षक’मा बारा र पर्सामा हावाहुरीबाट २४ सय घर भत्किएको सरकारी रिपोर्ट, तर गृहमन्त्रालयले पठायो जम्मा ४ सय ६८ पाल,  ७२ घन्टासम्म पनि केन्द्रीय विपत् व्यवसथपन समितिको बैठक नबसेको लगायतका पीडितका व्यवथाहरुलाई समाचारमा उल्लेख गरेको छ ।

पत्रिकाले भूकम्पमा दाताले दिएका सामग्री विमानस्थलमै सडे, त्रिपाल खरिदमा अनियमितता  भएको महालेखाको ठहर शीर्षकमा अर्को समाचार छापेको छ । भूकम्पपछि विभिन्न मित्रराष्ट्र तथा संघसंस्थाबाट पीडितका नाममा भित्रिएको राहत विमानस्थलमै सडेपछि जलाइएको छ । विपतका बेला पीडितले पर्याप्त राहत पाएनन, तर राहतका सामान विमानस्थलको केद्रीय गोदाममै कुहिएको र महालेखाले जनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै देउवाविरुद्ध ५१ जिल्ला सभापतिको भेला शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ । महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति दबाब दिन काठमाडौंमा भेला भएको समाचारमा जनाइएको छ।

त्यस्तै पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही महिनायता दैनिकजसो कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरिरहेको समाचारलाई पनि प्रकाशित गरेको छ । तैपनि कर्मचारीतन्त्रमा घुसखोरी रोकिएको छैन । घुस प्रकरणमा अघिल्लो मंगलबारयता १४ कर्मचारी पक्राउ परेको अख्तियारले जनाएको छ ।

‘४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै’ शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । नेपाली वैज्ञानिकले बनाएको पहिलो ‘नानो स्याटेलाइट’ ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्र्र्रक्षेपण हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरुले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दास्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ६ : ०७ बजे

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य