भ्यालेन्सियासँग रियल पराजित « Khabarhub

भ्यालेन्सियासँग रियल पराजित


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रियल मड्रिडले यो सिजनको नवौं हार व्यहोर्दा मुख्य प्रशिक्षकका रुपमा नयाँ कार्यकाल सम्हाल्न आएका जिनेदिन जिदानले ला—लीगामा पहिलो हार व्यहोरेका छन् । बुधबार राति भएको खेलमा रियल भ्यालेन्सियासँग पराजित भएसँगै जिदानेले पहिलो हार व्यहोरेका हुन् ।

यो सिजनमा कमजोर प्रदर्शन गर्दै आएको रियल भ्यालेन्सियासँग २—१ गोल अन्तरले पराजित भएको हो । गोनकालो ग्युडेसले खेलको ३५ औं मिनेटमा गोल गर्दै रियलविरुद्ध अग्रता बनाएका थिए । त्यस्तै, पहिलो हाफमा १—० पछि परेको रियलविरुद्ध भ्यालेन्सियाका इजेक्वाएल ग्यारेले गोल गर्दै टिमका लागि २—० को अग्रता बनाए । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।

भ्यालेन्सियाविरुद्ध रियलका करिम बेञ्जमाले अन्तिम समयमा गोल गर्दै एक गोल फर्काएका थिए । रियलमाथि जीत निकालेको इजेक्वाएलको गोल निर्णायक बन्यो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : ३४ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ