बारमा प्रगतिशीलको वर्चश्व, अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी « Khabarhub

बारमा प्रगतिशीलको वर्चश्व, अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार श्रेष्ठले ४०२२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले ३८७३ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ विजयी भएका छन् । प्रगतिशीलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्रबहादुर थापाले भने ३ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रगतिशील समूहकै तर्फबाट कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल ४ हजार ४६ र महिला उपाध्यक्षमा रक्षा बस्याल ३ हजार ९ सय ४७ मतका साथ विजयी भएका छन् ।

२५ सदस्यीय कार्य समितका लागि भएको चुनावमा नेकपा निकट प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट २२ सिटमा जित हासिल भएको छ ।

लोकतान्त्रिक प्यानलका तर्फबाट महासचिव र प्रदेश ५ का उपाध्यक्ष विजयी भएका छन् । त्यसैगरी मधेसी मुस्लिममा उपत्यका बाहिरबाट खुला सदस्य तर्फ मनोज कुमार चौधरी विजयी भएका छन् ।

नयाँ कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

२५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : २० बजे

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव