थाइल्याण्डको छ स्थानमा पुनः निर्वाचन हुने « Khabarhub

थाइल्याण्डको छ स्थानमा पुनः निर्वाचन हुने


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न तर विवादका कारण मत परिणाम घोषणा नगरिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने निर्णय भएको बताइएको छ । यद्यपि आयोगले निर्वाचन मिति भने तय गरिसकेको छैन ।

उक्तस्थानमा गणना भएका मत र मतदानमा सहभागी व्यक्तिको सङ्ख्यामा निकै भिन्नता आएपछि परिणाम सार्वजनिक गरिएको थिएन । थाइल्याण्डमा गत मार्च २४ गते आम निर्वाचन भएको थियो ।

पुनः निर्वाचन गरिने स्थानहरूमा लाम्फाङ प्रान्तको निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गतका दुई इकाई, यसोथोन प्रान्त अन्तर्गत निर्वाचन क्षेत्र नम्वर २ को एक इकाइ र फिसानुलुक प्रान्त निर्वाचन क्षेत्र नम्वर २ मा एक स्थान, बैंककको निर्वाचन क्षेत्र नम्वर १३ अन्तर्गत एक स्थानमा पुनः निर्वाचन गरिने भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच मार्च २४ मा भएको खोनखान प्रान्तको निर्वाचन क्षेत्र नम्वर ३ का दुईस्थानको मतगणना पुनः गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : १५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज