थाइल्याण्डको छ स्थानमा पुनः निर्वाचन हुने « Khabarhub

थाइल्याण्डको छ स्थानमा पुनः निर्वाचन हुने


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ ।

निर्वाचन आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न तर विवादका कारण मत परिणाम घोषणा नगरिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने निर्णय भएको बताइएको छ । यद्यपि आयोगले निर्वाचन मिति भने तय गरिसकेको छैन ।

उक्तस्थानमा गणना भएका मत र मतदानमा सहभागी व्यक्तिको सङ्ख्यामा निकै भिन्नता आएपछि परिणाम सार्वजनिक गरिएको थिएन । थाइल्याण्डमा गत मार्च २४ गते आम निर्वाचन भएको थियो ।

पुनः निर्वाचन गरिने स्थानहरूमा लाम्फाङ प्रान्तको निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गतका दुई इकाई, यसोथोन प्रान्त अन्तर्गत निर्वाचन क्षेत्र नम्वर २ को एक इकाइ र फिसानुलुक प्रान्त निर्वाचन क्षेत्र नम्वर २ मा एक स्थान, बैंककको निर्वाचन क्षेत्र नम्वर १३ अन्तर्गत एक स्थानमा पुनः निर्वाचन गरिने भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच मार्च २४ मा भएको खोनखान प्रान्तको निर्वाचन क्षेत्र नम्वर ३ का दुईस्थानको मतगणना पुनः गर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ९ : १५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी