खबरहबको औपचारिक शुभारम्भका झलकहरू « Khabarhub

खबरहबको औपचारिक शुभारम्भका झलकहरू


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिको व्यापकतालाई वास्तविक प्रयोगमा ल्याउँदै डिजिटल पत्रिका खबरहबडट्कमको औपचारिक शुरुवात भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दरबारमार्गस्थित पेभेलियन मिडिया ग्रुपको कार्यालयमा अनलाइन पोर्टल खबरहबडट्कमको औपचारिक शुरुवात गरेका हुन् ।

उद्याेगी–व्यापारी, नेपालस्थित विभिन्न मुलुकका राजदूत, कुटनीतिक नियोगका अधिकारीको उपस्थितिमा खबरहबको उद्घाटन गरिएको हो ।

उपराष्ट्रपति पुनलाई खबरहब प्रकाशक संस्था पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ, प्रधानसम्पादक जीवराम भण्डारी, समाचार कोर्डिनेटर गजेन्द्र बस्नेतलगायत डेस्क र रिपोर्टिङ शाखाका पत्रकार/कर्मचारीले स्वागत गरेका थिए ।

उद्घाटन गर्दैै उपराष्ट्रपति पुनले सूचना प्रविधिको क्षेत्रमा खबरहवले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत र कुटनीतिक नियागका अधिकारीले सूचना, सञ्चारको क्षेत्रमा खबरहबले महत्वपूर्ण भूमिका खोल्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

नेपाली र अंग्रेजी भाषाबाट शुरुवात भएको खबरहबले आफ्नो भाषागत प्रकाशनको व्यापकता विस्तार गर्दै जाने छ । खबरहब निकट भविष्यमा नै थप केही भाषामा पनि आफ्ना सामाग्रीहरुलाई पस्कनेछ ।

हेरौं खबरहब शुभारम्भका थप केही तस्वीरहरु,

 

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १५ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले