५ सय स्थानीय तहले मागे १० हजार कर्मचारी, लोकसेवाले वैशाख भित्रै भर्ना खुलाउने « Khabarhub

५ सय स्थानीय तहले मागे १० हजार कर्मचारी, लोकसेवाले वैशाख भित्रै भर्ना खुलाउने


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेको राजधानी दैनिकमा खबर छ ।

ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फाराममार्फत रिक्त कर्मचारीको विवरण पठाएका हुन् । माग भई आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृत स्तरका बढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार कर्मचारी दरबन्दी रिक्त छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएलगत्तै स्थानीय तहमा अपुग रहेका कर्मचारीको विवरण माग गरेको थियो । केन्द्रीय लोकसेवा आयोगमार्फत स्थानीय तहको रिक्त दरबन्दीमा पदपूर्ति गर्ने उद्देश्यसहित सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त दरबन्दी विवरण माग गरेको हो ।

एक वर्षभित्र सबै अतिक्रमित जग्गा फिर्ता ल्याउने सरकारको घोषणा शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा सरकारले एक वर्षभित्र अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याउने घोषणा गरेको छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास रहेको बालुवाटारकै जग्गासमेत व्यक्तिका नाममा गएको सार्वजनिक भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममार्फत् देशभरका अतिक्रमित सार्वजनिक जग्गा एक वर्षभित्र सरकारको नाममा ल्याउने महत्त्वकांक्षी घोषणा गरेको हो ।

सार्वजनिक जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाउने, जग्गा प्रशासनमा अनियमितता गर्ने उपर छानबिन गरी कडा कारबाही गर्ने, आगामी चार वर्षभित्र मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासीलगायत सबै भूमिहीन र सीमान्तकृत परिवारको बसोबास व्यवस्थित गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ७ : ५३ बजे

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न

काठमाडौं– आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम,

प्रदीप पौडेलको प्रष्टिकरण : क्रियाशील सदस्यता डिजिटल बनाउँछौँ, पुरानो खारेज गर्न खोजिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव