लगानीमैत्री वातावरण बनाउन आग्रह « Khabarhub

लगानीमैत्री वातावरण बनाउन आग्रह


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रदेश नं ५ मा लगानीमैत्री वातावरण सृजन गर्न प्रदेश सरकारले प्रभावकारी निति निर्माण गर्न जरुरी रहेको उद्योगी ब्यवसायीहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ द्वारा आयोजित दोस्रो साधारणसभामा सहभागी उद्योगी व्यवसायीले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेश नं ५ लाई समृद्ध र विकासतर्फ उन्मुख गराउन प्रदेश सरकारले निजी क्षेत्रलाई पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुको विकल्प नरहेको व्यवसायीले दाबी गरे ।

साधारणसभामा समग्र रुपमा उद्योगी व्यवसायीको साझा समस्या, अवसर र चुनौतीसहित स्वदेशी र विदेशी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा छलफल केन्द्रित भएको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले बताए ।

कार्यक्रममा प्रदेशको समृद्धि तथा विकासका लागि निजी क्षेत्रलाई पनि प्रदेश सरकारले हातेमाले गर्नुपर्ने भएकाले यसका लागि निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्न तयार सहभागीले बताएका थिए । साधारणसभामा प्रदेश नं ५ अन्तर्गत विभिन्न १२ जिल्लाका जिल्ला र नगर गरी ३४ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा १३५ एशोसिएसन सदस्य निकाय प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  २ : १९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन