सन्की ‘फ्यान’ले गरे बाइकमा पिछा, डरले नायिका पुगिन् प्रहरी चौकी « Khabarhub

सन्की ‘फ्यान’ले गरे बाइकमा पिछा, डरले नायिका पुगिन् प्रहरी चौकी


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका वाणी कपूरलाई हालै एक डरलाग्दो अवस्थाबाट गुज्रनुप–यो । भारतीय मिडियाले यी नायिकालाई एक सन्की फ्यानले बाइकमा पिछा गरेर हैरान पारेको समाचार लेखेका छन् ।

समाचारका अनुसार वाणीलाई ती फ्यानले फलो गरेपछि उनी प्रहरी चौकी पुग्नुपर्ने अवस्था आयो । पछि यी नायिका सुरक्षित घर पुग्न सफल पभि भइन् ।

वाणी आफ्नो कारमा थिइन् । जब एक फ्यानले उनलाई बाइकबाट पिछा गर्न शुरु गरे, त्यसपछि वाणीले ड्राइभरलाई कारको स्पिड बढाउन भनिन् । केही समय त यो सम्भव भयो तर ती फ्यान फेरि नजिक आए ।

ती सन्की फ्यानले कुनै पनि हालतमा वाणीलाई भेटेर कुरा गर्न चाहन्थे । कार वर्सोवा इलाका पुगेको बेला उनी फ्यान घर नुपुगुन् भनेर त्यहाँको प्रहरी चौकी पुगिन् र उजुरी दिइन् ।

ती फ्यानको नाम समीर खान बताइएको छ । तर, ती फ्यानलाई प्रहरीले अझै कुनै कारवाही गरेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ३ : १६ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि