नीति तथा कार्यक्रममा प्रचारबाहेक केही छैन– डा. महत | Khabarhub Khabarhub

नीति तथा कार्यक्रममा प्रचारबाहेक केही छैन– डा. महत


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमाई परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् ।

उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’

शनिबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम नल्याएको पनि आरोप लगाए । उनले भने,‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’

साक्षात्कारमा बोल्दै उनले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गरे । उनले भने,‘दुई घण्टा लामो भाषण गरियो । यति लामो भाषण त नेपालको ईतिहासमा कहिल्यै भएको थिएन ।’

त्यस्तै उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पारे । महतले भने,‘यो जनताको सरकार हो ।’ आफ्नो पार्टीनिकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याईएको पनि उनले गुनासो पोखे ।

उनले थपे,‘नेपाली कांग्रेसले पछिल्लो २५–३० वर्षको ईतिहासमा १६–१७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको छ । तर, हामीले कहिल्यैपनि नेताका नाममा धेरै कार्यक्रमहरु ल्याएनौं । विपीको नाममा एक÷दुई वटा अस्पताल, शिक्षालगायतका कार्यक्रमहरु ल्यायौं । अरु कुनै घोषणा गरेनौं ।’

डा. महतले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रमहरु ल्याईएकोप्रति असन्तुष्टि पोखे । उनले भने,‘कतिपय कार्यक्रमहरु त प्रचारमुखी छन् । कतिपय सरकारले गरेका कामका दाबीमा पनि सत्यता छैन् ।’ सरकारले सबैखाले संक्रमणकालिन अवस्थाको अन्त्य भयो भनेर दाबी गरेपनि यसमा कुनै सत्यता नभएको जिकिर गरे । उनले थपे,‘अहिलेपनि संक्रमणकालिन न्यायको काम बाँकी नै छन् । ६ हजारभन्दा बढि उजुरी छ । कानून संशोधन गर्नुपर्छ ।’

केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच अधिकार बाँडफाँडको पनि समस्या रहेको उनको भनाई छ । उनले भने,‘तीन तहको सरकारबीच अधिकारको विवाद छ । क्षेत्राधिकार के हो ? भन्ने विवाद छ ।’ उनले सविधान कार्यान्वयनको पनि संक्रमण अझै बाँकी रहेको सुनाए ।

सरकारले फजुल खर्च रोक्न नसकेको र बजेटको दुरुपयोग धेरै भएको पनि उनको टिप्पणी छ । चार वर्षअघिदेखि सुरु गरिएको विरगन्ज–रक्सौल पेट्रोलियम पाईपलाईनको कामलाई पनि यही सरकार आएपछि गरेको भनेर अनावश्यक दाबी गरेको पनि महतले आरोप लगाए । सरकार आत्मरतिमा रमाएको र आत्माप्रशंसा गरेको पनि उनले टिप्पणी गरे । उनले भने,‘नीति तथा कार्यक्रममा बढाईचढाई गरेको छ । कतिपय बाँकी काम सम्पन्न भैसक्यो भनिएको छ।’

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ४ : ५१ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको