थाई राजाको औपचारिक राज्याभिषेक « Khabarhub

थाई राजाको औपचारिक राज्याभिषेक


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड– थाइल्याण्डका राजा महा वाजिरलङकोर्णले शनिबार औपचारिक राज्याभिषेक गरेका छन् । राजधानी बैंककमा रहेको दरबारमा जल सेचन गरेर राज्याभिषेक गरेका हुन् ।

स्थानीय समय अनुसार शनिबार विहान ९ बजेदेखि सुरु भएको राज्याभिषेक समारोह दिउसो १ बजे सम्म चलेको थियो ।राज्याभिषेक समारोहमा राज्याभिषेकका लागि राजा वाजिरलङकोर्ण रानी सुथिदासहित उपस्थित थिए ।

थाई नरेशले हालै आफ्नी अंगरक्षक सुथिदासँग औपचारिक रुपमा विवाह गरेका थिए ।थाईल्यान्डमा लामो समय राज्य गरेका भूमिबोल अदुल्यादेजको सन् २०१६ मा निधन भएपछि उनका छोरा वजिरालंगकर्ण राजा बनेका हुन् ।

थाइल्याण्डमा राज्याभिषेकलाई राज्य संचालनको पूर्ण अधिकारका लागि गरिने एउटा महत्वपूर्ण सांस्कृतिक प्रक्रियाको रुपमा लिइन्छ । पवित्र जल राजाको शिरमा छर्केर शुद्ध बनाएर राज्याभिषेक गराइने धार्मिक तथा संस्कृतिक परम्परा छ ।थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारलाई थाईहरुले निकै श्रद्धापूर्व लिने गरेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ५ : ३६ बजे

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष