डा. अनिल भन्छन् – मुटु रोग लागेको छ कि छैन यसरी आफै थाहा पाउन सकिन्छ « Khabarhub

डा. अनिल भन्छन् – मुटु रोग लागेको छ कि छैन यसरी आफै थाहा पाउन सकिन्छ


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रोगका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रोग लागिरहेको छ ।

संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ । मुटुरोग प्राणघातक रोग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् ।

अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ । यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला । लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्चरक्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपना, अत्याधिक मदीरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ । एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।

रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

छाती दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ । छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ ।

मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्mनु पर्छ । स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ । प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ । तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

डा. ओममूर्ति अनिल

मुटुरोग विषेशज्ञ

डा. ओममूर्ति अनिल डट्कमबाट

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ६ : ५० बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको