श्रमिकको खुसीलाई प्राथमिकतामा राख्न उद्योगीलाई मन्त्री विष्टको सुझाव « Khabarhub

श्रमिकको खुसीलाई प्राथमिकतामा राख्न उद्योगीलाई मन्त्री विष्टको सुझाव


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्योग व्यवसायीहरुलाई श्रमिकको सुरक्षा र खुसीलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औ स्थापना दिवसका अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले उत्पादन र उत्पादकत्व प्रत्यक्ष सम्बन्ध श्रमिकसंग गाँसिएकाले उनीहरुको सुरक्षा र खुसीलाई सदैव महत्वका साथ सम्बोधन गर्न सुझाव दिएका हुन् ।

उत्पादन र उत्पादकत्व वृद्धिका लागि श्रमिक र व्यवसायीबीचको सम्बन्ध सुदृढ हुनुपर्ने भन्दै उनले सबै श्रमिकलाई सुरक्षाको अनुभुति दिलाउन सक्नुपर्ने बताए ।

मन्त्री विष्टले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी उन्नत प्रविधिका साथ उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औल्याए ।

महासंघका अध्यक्ष मोहन कटुवालले साना तथा मझौला, लघु उद्यमीलाई ठुला उद्योगलाई भन्न भिन्न व्यवहार गरि सामाजिक सुरक्षा ऐनको परिधिमा पस्न सक्ने वातावरण श्रृजना गर्न माग गरे ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ३१ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट