कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्यो « Khabarhub

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीले जित्यो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।

फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पार्‍यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज सम्पन्न भएको हो ।

उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन/तीन विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले ।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाए ।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर ३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गरे। ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ८ : ३८ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको