फोरम-नयाँ शक्ति पार्टीबीच एकता: उपेन्द्र कार्यकारी, डा बाबुराम संघीय परिषद् अध्यक्ष | Khabarhub Khabarhub

फोरम-नयाँ शक्ति पार्टीबीच एकता: उपेन्द्र कार्यकारी, डा बाबुराम संघीय परिषद् अध्यक्ष



काठमाडौं – संधीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २३ गते पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता घोषणाका लागि प्रज्ञा भवनमा कार्यक्रमको आयोजना गरएको छ ।

पार्टी एकता भएको भोलिपल्ट अर्थात २४ गते संयुक्त बैठक बस्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै २६ गते एकीकृत दल दर्ताको लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ ।

दुई अध्यक्ष

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकतापछिको एकीकृत दलमा दुई अध्यक्ष रहने भएका छन् ।

उपेन्द्र यादव पार्टीको कार्यकारी अध्यक्ष बन्ने छन् भने डा बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष  बन्ने भएका छन् । त्यस्तै अशोक राई वरिष्ठ नेता हुनेछन् ।  

एकीकृत पार्टीमा २४ जना पदाधिकारी रहनेछन् । जसमा फोरमबाट १५ जना र नयाँ शक्तिबाट ९ जना रहने छन् । ४३१ जनाको केन्द्रीय समिति बनाउने सहमति दुई दलबीच भएको छ ।

एकीकृत पार्टीको महाधिवेशन आगामी असोज ७,८,र ९गते जनकपुरमा गर्ने सहमति भएको उपेन्द्र यादव पक्षका नेता अर्जुन थापाले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ११ : १७ बजे

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४

रामबहादुरको मुहारमा फर्किएको खुसी…

गोरखा- गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि पुनः

ढकमक्क गुलमोहर, पर्यटक आकर्षित

झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क