संसदमा राजपा नेपालको टिप्पणी– संघीयता ‘नाजायज औलाद’जस्तो भयो « Khabarhub

संसदमा राजपा नेपालको टिप्पणी– संघीयता ‘नाजायज औलाद’जस्तो भयो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीले संघीयतालाई ‘नाजायज औलाद’ को संज्ञा दिएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राजपाका सांसदले सरकार संघीयताको मर्म र भावना विपरित आफ्ना कार्यक्रम अघि बढाएको उल्लेख गर्दै ‘संघीयता नचाहँदा नचाहँदै जन्मिएको बच्चा’ (नाजायज औलाद) जस्तो भएको टिप्पणी गरे ।

राजपा सांसद प्रमोद साहले सरकार गठनको समयदेखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्छु भनिरहँदा पनि अझैसम्म संविधान संसोधन प्रक्रिया अघि नबढाएको भन्दै सांसद साहले आपत्ति जनाए ।

साहले सरकार नश्लवादी चिन्तन र सोचबाट ग्रसित भएर बसेको आरोप लगाए ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ४३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन