संघीयतालाई असफल गर्नेगरी बजेट आयो– महतो | Khabarhub Khabarhub

संघीयतालाई असफल गर्नेगरी बजेट आयो– महतो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महताले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संघीयतालाई असफल बताउने खालेको रहेको आरोप लगाएका छन् ।

सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको महतोको भनाइ छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महतोले सरकारले ल्याएको बजेट विभेदकारी भएको पनि बताए ।

५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई सरकारले २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेद गरेको महताको तर्क छ ।

महतोले ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुको बदनाम गराएको पनि आरोप लगाए ।

विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन आफ्नो पार्टीले सरकारसँग पटक–पटक माग गरे पनि सो अनुसार काम हुन नसकेको महतोको भनाइ थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ५३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ