विदेशबाट ल्याउने सुनको भन्सार बढयो « Khabarhub

विदेशबाट ल्याउने सुनको भन्सार बढयो


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट ल्याइने सुनको भन्सारदर बढाएको छ । नयाँ व्यवस्था अनुसार अब भन्सार तिरेर १ सय ५० ग्राम सुनका गहना ल्याउन पाउने व्यवस्था गरिएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमार्फत सुनको भन्सार दर बढाएको हो । साथ विदेशबाट आउँदा ल्याउन पाउने सुनको गहनाको परिमाणमा पनि सरकारले बढाएको छ ।

सरकारले विदेशबाट नेपाल फर्किदाँ लिएर आउने सुनको भन्सार शुल्क बढाएको छ । भने विदेशबाट नेपालमा आउने नेपाली नागरिकले ल्याउन पाउने सुनको परिमाण पनि बढेको छ । देशबाट सुन लिएर आउने व्यक्तिले ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय भन्सार तिर्नुपर्ने भएको छ ।

यसअघि प्रति १० ग्राम ५ हजार २ सय मात्र भन्सार तिदै आएका थिए । यस्तै, ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय भन्सार महशुल तिर्नुपर्ने भएको छ । गत बर्ष सो शुल्क ६ हजार २ सय थियो । यसरी विदेशबाट आउनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा अव भन्सार महशुल वापत ६७ हजार भन्सार तिर्नुपर्ने छ ।

आगामी साउनदेखि विदेशबाट आउने नेपालीले ५० ग्रामसम्मका सुनका गहनामा कुनै भन्सार शुल्क लाग्ने छैन । यस्तो व्यवस्था योभन्दा अघि पनि थियो । आर्थिक विधेयक मार्फत सरकारले थप १ सय ५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । जसमध्ये ५० ग्राम भन्दा बढी १ सय ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम ७ हजार २ सय भन्सार तिर्नुपर्नेछ ।

यसैगरी थप १ सय ग्रामसम्म सुनका गहना प्रति १० ग्राम ९ हजार भन्सार तिरेर ल्याउन पाइने छ । यसरी कुनै व्यक्तिले विदेशबाट आउँदा २ सय ग्राम सुनको गहना ल्याएको भएमा पहिलो ५० ग्रामको कुनै भन्सार महशुल तिर्नुपर्ने छैन । बाँकी १ सय ५० ग्राम सुनको गहनाको जम्मा भन्सार महशुल ८१ हजार तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ०१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा