कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले खटायो नगर रक्षक « Khabarhub

कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले खटायो नगर रक्षक


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गृह मन्त्रालयले विराटनगरस्थित कोइराला निबासबाट सशस्त्र प्रहरी बलको टुकडी हटाएपछि विराटनगर महानगरपालिकाले नगर रक्षक (नगर प्रहरी) परिचालन गरेको छ ।

नेपालको राजनीतिक इतिहाससँग जोडिएको कोइराला निवासको सुरक्षाका लागि भन्दै महानगरपालिकाले नगर रक्षक परिचालन गरेको हो ।

गृह मन्त्रालयको आदेशानुसार सशस्त्र प्रहरी बलको टुकडी गत बिहीबार कोइराला निवासबाट फिर्ता भएको थियो । सशस्त्रको टुकडी फिर्ता भएपछि सुरक्षाविहीन भएको कोइराला निवासमा मंगलबारदेखि नगर प्रहरी परिचालन गरिएको हो ।

तत्कालीन सरकारले सुरक्षा चुनौती देखिएको भन्दै २०५४ सालमा नेपाल प्रहरीको विशेष टुकडी कोइराला निवासको सुरक्षामा परिचालन गरेको थियो । सशस्त्र द्वन्द्वका बेला २०५४ सालमा निवासलाई लक्षित गरी सुतली बम विस्फोट गराइए पछि निवासको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको थियो ।

पछि कोइराला निवासको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको एक टुकडी परिचालन गरिएको थियो । हाल सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)को नेतृत्वमा १४ जना सुरक्षाकर्मी निवासको सुरक्षाका लागि खटाइएका थिए ।

गत बिहीबार आफूहरुलाई फिर्ता हुन पत्र आएको भन्दै सबै सुरक्षाकर्मी फिर्ता भएका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार सुरक्षाकर्मी हटाइएको बारे स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाइ भएको छैन । स्थानीय प्रशासनले भने सुरक्षाकर्मी हटाइएकोबारे जानकारी नभएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका एक अधिकारीले गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले फिर्ता बोलाएकाले सशस्त्र प्रहरीको टुकडी फिर्ता गएको बताए ।

मुलुकका तीनजना प्रधानमन्त्री मातृका, बीपी र गिरिजाको बाल्यकाल कोइराला निवासमै वितेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रत्यक्ष साक्षी मानिएको कोइराला निवासलाई संग्रहालय बनाउने विषय पनि चर्चामा थियो ।

हाल पनि नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जानकारी लिन चाहने नेपाली र विदेशीहरु कोइराला निबास पुग्ने गरेका छन् ।

प्रजातान्त्रिक आन्दोलनको जीवित पहिचानको रुपमा रहेको कोइराला निवासबाट सुरक्षाकर्मी हटाउने सरकारी निर्णयप्रति भने स्थानीयले आपत्ति जनाएका छन् ।

केही स्थानीयले कोइराला निवासबाट फिर्ता गरिएका सुरक्षाकर्मीलाई पुनः सोही टाउँमा खटाइनुपर्ने भन्दै स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

गृह मन्त्रालयका अधिकारीहरुले भने कोइराला निबासबाट सुरक्षाकर्मी हटाइएको विषयमा औपचारिक धारणा दिन मानेका छैनन् । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकारीले कोइराला निवासबाट सुरक्षाकर्मी हटाइनुको कारणबारे आफूलाई जानकारी नभएको बताए ।

‘मिडियामा समाचार आएपछि मात्रै मैले पनि कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको भन्नेबारेमा जानकारी पाएको हुँ,’ खबरहबको सम्पर्कमा आएका ती अधिकारीले भने, ‘तर, यसबारे मलाई आधिकारिक रुपमा कुनै जानकारी छैन । सुरक्षाकर्मी हटाउनुपर्ने भए स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हो । त्यस्तो भएको हो कि हैन, थाहा छैन ।’

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : २२ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको