पीएम कपबाट बाहिरिएको सुदूरपश्चिम गण्डकीसँगको अन्तिम खेलमा ४ विकेटले विजयी « Khabarhub

पीएम कपबाट बाहिरिएको सुदूरपश्चिम गण्डकीसँगको अन्तिम खेलमा ४ विकेटले विजयी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सान्तवना जित निकालेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जीत हात पार्दै शुखद् अन्त्य गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशबाट ९० रनको लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो  ।

सुदूरपश्चिमका लागि आकाश चन्दले २९ रन बनाउँदा नरेन्द्र साउद २३ तथा लोकेश बलले १३ रन बनाए ।

सुदूरपश्चिम प्रदेशविरुद्ध गण्डकी प्रदेशका लागि किसोर महतोले ३ विकेट लिए । विपिन खत्रीले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ८९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाएका थिए । किशोर महतोले १४ तथा आकाश थापाले १२ रन जोडेका थिए ।

गण्डकीका खेलाडीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका विनोद लामाले ५ विकेट लिए । शेर मल्ल र महेश अधिकारीले २–२ विकेट लिँदा नरेन्द्र साउदको नाममा १ विकेट रह्यो ।

सान्त्वना जीतसहित समूह ए बाट सुदूरपश्चिम, गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश बाहिरिँदा विभागीय क्लब एपिएफ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल पुलिस र आर्मीले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  २ : ३१ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य