बोतलको लागुऔषध झोलामा खन्याएर तस्करी « Khabarhub

बोतलको लागुऔषध झोलामा खन्याएर तस्करी


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतीय सीमा क्षेत्रमा अवैध लागुऔषध कारोबार हुने गरेका समाचार सार्वजनिक भइरहेको बेला अहिले तरिका फेरेर लागुऔषधको कारोबार हुने गरेको रहस्य फेला परेको छ । हालै प्रहरीले एक लागुऔषध कारोबारीलाई पक्राउ गरेसँगै भारतबाट गर्ने लागुऔषध तस्करीको तरिका फेरिएको पाइएको हो ।

विभिन्न बोतलबाट तस्करी हुँदै आएको कोरेक्स नामक लागुऔषध तस्करले प्लास्टिकको झोलामा खन्याएर तस्करी गर्ने गरेको भेटिएको छ । सामान्यतया बोतलमा रहने कोरेक्स नामक लागुऔषध प्रहरीले पक्राउ गर्न थालेपछि तस्करहरुले प्लास्टिकको झोलामा कोरेक्स खन्याएर भारतबाट नेपालमा भित्राउन थालेका छन् ।

वीरगञ्ज भन्सार कार्यालय नजिकैबाट प्लास्टिकको झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा ८ लिटर लागुऔषध कोरेक्सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट ८० बोतल कोरेक्स झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय ज्ञानबहादुर तमाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले कोरेक्सको बोतलबाट प्लास्टिकको झोलामा लागुऔषध खन्याएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ३ : ०३ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी