खेल मैदान बनाउँदा २ लाखको भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

खेल मैदान बनाउँदा २ लाखको भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दर्ता


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको रुपमा गाउँपालिका–६ चिप्ली गाउँस्थित सिद्ध प्राथमिक विद्यालयको खेल मैदान बनाउँदा २ लाख करिब २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको स्रोतबाट जिल्ला समन्वय समिति कास्कीबाट सिद्ध प्राविमा खेल मैदान निर्माणका लागि भन्दै २ करोड ८४ लाख २ सय ८४ रुपैयाँ खर्च भएको थियो ।

जसमध्ये ९८ हजार ९ रुपैयाँ बराबरको मात्रै काम भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट देखिएको छ ।

स्थानीयको उजुरीका आधारमा गरेको छानबिनका गर्दा खेलकुद मैदान निर्माणका नाममा १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले खेलकुद मैदान निर्माणमा अनियमितता गर्ने भन्दै ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले खेलकुद मैदान निर्माण कार्यका साइ इञ्चार्ज एवम् सबइञ्जिनियर ननु राम, जिल्ला समन्वय समिति कास्कीका इन्जिनियर हरि बहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इन्जिनियर नारायण प्रसाद बराल, तत्कालीन मादी गाउँपालिका वडा नम्बर ७ का वडासचिव, जिल्ला समन्वय समितिका तत्कालीन लेखा अधिकृत झलक प्रसाद आचार्य, जिल्ला समन्वय समिति कास्कीका तत्कालीन लेखापाल विष्णु प्रसाद बरालविरुद्ध विरुद्ध १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ विगो, जरिवाना तथा सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गैसुवा गुरुङविरुद्ध पनि १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ विगो, जरिवाना तथा सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ३ : ४१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि