खेल मैदान बनाउँदा २ लाखको भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दर्ता « Khabarhub

खेल मैदान बनाउँदा २ लाखको भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दर्ता


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको रुपमा गाउँपालिका–६ चिप्ली गाउँस्थित सिद्ध प्राथमिक विद्यालयको खेल मैदान बनाउँदा २ लाख करिब २ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको स्रोतबाट जिल्ला समन्वय समिति कास्कीबाट सिद्ध प्राविमा खेल मैदान निर्माणका लागि भन्दै २ करोड ८४ लाख २ सय ८४ रुपैयाँ खर्च भएको थियो ।

जसमध्ये ९८ हजार ९ रुपैयाँ बराबरको मात्रै काम भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट देखिएको छ ।

स्थानीयको उजुरीका आधारमा गरेको छानबिनका गर्दा खेलकुद मैदान निर्माणका नाममा १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले खेलकुद मैदान निर्माणमा अनियमितता गर्ने भन्दै ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले खेलकुद मैदान निर्माण कार्यका साइ इञ्चार्ज एवम् सबइञ्जिनियर ननु राम, जिल्ला समन्वय समिति कास्कीका इन्जिनियर हरि बहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख इन्जिनियर नारायण प्रसाद बराल, तत्कालीन मादी गाउँपालिका वडा नम्बर ७ का वडासचिव, जिल्ला समन्वय समितिका तत्कालीन लेखा अधिकृत झलक प्रसाद आचार्य, जिल्ला समन्वय समिति कास्कीका तत्कालीन लेखापाल विष्णु प्रसाद बरालविरुद्ध विरुद्ध १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ विगो, जरिवाना तथा सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गैसुवा गुरुङविरुद्ध पनि १ लाख ८६ हजार २ सय ७४ रुपैयाँ विगो, जरिवाना तथा सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ३ : ४१ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई